सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । प्रहरीले प्रसाईंलाई व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

रिहा भएपछि उनले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय