नक्कली शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

नक्कली शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ ।  जिल्ला अदालत काठमाडौँले  थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले  पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते  जिल्ला अदालत काठमाडौँले थुनामा  पठाउने आदेश  गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय