सुदूरपश्चिमसँग हारेर पनि प्लेअफमा पुग्यो कर्णाली, काठमाडौं बाहिरियो

सुदूरपश्चिमसँग हारेर पनि प्लेअफमा पुग्यो कर्णाली, काठमाडौं बाहिरियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली बनेको छ काठमाडौं गुर्खाज ।

८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सोमबार सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सले फराकिलो हार व्यहोरेको अवस्थामा काठमाडौंले प्लेअफका खेल खेल्ने सम्भावना थियो ।

यससँगै सोमबारको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित कर्णाली याक्स प्लेअफमा स्थान बनाउने चौथो टोली बनाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेको हो ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्रै सुदूरपश्चिमले पूरा गरेको अवस्थमा काठमाडौं प्लेअफमा पुग्ने थियो ।

यससँगै लिग चरणका सात खेलमा ६ खेल जित्दै सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

लिग चरणमा २ खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय