अख्तियारका कर्मचारीलाई अख्तियारकै कार्यालयमा एकलाख घूस

अख्तियारका कर्मचारीलाई अख्तियारकै कार्यालयमा एकलाख घूस

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुस बोकेर पुगेपछि पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सापकोटाले मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए।अनुसन्धानका क्रममा आवश्यक कागजात बुझाउन गएका सापकोटा कार्यालयमा एक लाख रुपैयाँ घुस रकम बोकेर पुगेपछि पक्राउ परेका हुन्।

अनुसन्धान अधिकृतको कार्यकक्षमा उजुरीसँग सम्बन्धित कागजात बुझाउन आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको झोलाबाट ३१ थान कागजात र १ लाख रुपैयाँ(रु. १,००० दरका ९६ नोट र रु. ५०० दरका ८ नोट) फेला परेको आयोगले जनाएको छ ।  सोधपुछमा उनले ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको हो’ भनी स्वीकार गरेको छन्।

प्रवक्ता घिमिरेले दिएको जानकारीअनुसार, सापकोटाले अनुसन्धान अधिकृतलाई स्वेच्छाले नै घुस रकम ल्याएको जवाफ दिएका छन्। सोही बयानका आधारमा उनलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।

सापकोटा अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी परेको थियो। आयोगले उजुरीका आधारमा अनुसन्धान सुरु गरेको छ र सोही अनुसन्धानको कागजात पेश गर्न सापकोटा कञ्चनपुर पुगेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय