रवि लामिछानेलाई पर्सा लगिँदै

रवि लामिछानेलाई पर्सा लगिँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

वीरगञ्जको सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि उनलाई पर्सा लैजान लागिएको हो ।

सभापति लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडौं र काठमाडौंबाट हवाईमार्ग हुँदै सिमरा लगिने प्रहरीले जनाएको छ । लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए ।

यस्तै सहकारी ठगीमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पुर्‍याइएको छ ।

उनिहरुलाई सोमबार पर्सा पुर्‍याइएको हो । उनीहरूलाई आइतबार राति नै सडकमार्ग हुँदै पर्सा लगिएको खुल्न आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय