देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् । 

उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् ।

एक रुसी विमानले अपदस्थ राष्ट्रपति असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ । विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय