दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अनुमति

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आइतबार तीन दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान जारी राखेको छ । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विभिन्न व्यवसायीहरुलाई धम्क्याएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय