एनपिएल : जनकपुरको लगातार चौथो जीत

एनपिएल : जनकपुरको लगातार चौथो जीत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लुम्बिनी भने लगातार चौंथो पटक पराजित भएको छ ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा लुम्बिनीले दुई विकेट गुमाएपछि पहिलो जित दर्ता गर्नबाट चुक्यो । साद बिन जफर शुन्य र सन्दीप जोरा १६ रनमा आउट भए ।

क्याप्टेन रोहित पौडेलले ३५ र टम मुर्सले ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा हर्स ठाकरले ५ विकेट लिए । आफ्नो स्पेलमा २३ रन खर्चेर हर्सले ५ विकेट झारेका हुन् । किशोर महतो, ललित राजवंशी र शेर मल्लको नाममा एकएक विकेट रह्यो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय