दुर्गा प्रसाईविरुद्ध अर्को पक्राउ पुर्जी 

दुर्गा प्रसाईविरुद्ध अर्को पक्राउ पुर्जी 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

साइबर अपराधको कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा रहेका भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भनिएका हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’ सँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो ।

लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा फुँयाल पक्राउ परेका हुन् । प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय