काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रक र स्कुटर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौंको कपन बस्ने ६५ वर्षका उत्तम कोइरालाको बिहीबार भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएको थियो।
प्रहरीले उपलब्ध गराएको उक्त फुटेजमा मृतक कोइरालालाई ट्रकले गट्ठाघर चोकनिर ठक्कर दिएर घिसारेको देखिन्छ। दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको देखिन्छ।
भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीका अनुसार, मृतक कोइरालाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
बिहीबार दिउँसो गट्ठाघरमा कोइराला सवार बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।





