बागलुङको बडिगाडमा पहिरो: १५ वर्षीय बालक सहित अन्य तीन जनाको मृत्यु

बागलुङको बडिगाडमा पहिरो: १५ वर्षीय बालक सहित अन्य तीन जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको सुवेदीको भनाइ छ । परियारको शव निकालेर पोष्टमार्टका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

वर्षाका कारण बडिगाडकै वडा नम्बर १० दर्लिङमा पहिरोका कारण एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्ग बरालले जानकारी दिए ।

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएकाे छ ।  सोमबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परी तीन जनाको मृत्यु भएकाे बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए ।

‘बडिगाड गाउँपालिका-१०  आरुपाटामा तीन घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएकाे छ,’ उनले भने, ‘२ जनाको सकुशल उद्दार गरेका छौं अन्यको खोजी कार्य जारी छ ।’ उनका अनुसार थप केही व्यक्ति वेपत्ता छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय