काठमाडौंको कालोपुलमा एक युवक मृत फेला, श्रीमतीसहित २ जना पक्राउ

काठमाडौंको कालोपुलमा एक युवक मृत फेला, श्रीमतीसहित २ जना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् । कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन् ।

उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको प्रहरीले जनाएको छ । दर्जीको हत्या भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको खुलेको छ । शवको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिए पनि झुन्ड्याएर खसेको जस्तो बनाइएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

आइतबार बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो । उनीहरु विगत १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय