बडिगाडको एक गोठमा अज्ञात समूहद्वारा आगजनी

बडिगाडको एक गोठमा अज्ञात समूहद्वारा आगजनी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ सल्लेखर्कस्थित एक गोठमा आगलागी भएको छ ।

शनिबार बिहान चार बजे अज्ञात समूहद्वारा स्थनीय ओमबहादुर घर्तीको दुई तले गोठमा आगलागी भएको हो । वडा सदस्य रेखिराम बुढाका अनुसार मान्छे नभएको अवस्थामा अज्ञात समूहले गोठमा आगजनी गरेका हुन् ।

‘दुई तले गोठमा अज्ञात समूहले बिहान आगजनी गरेको देखिन्छ,’ वडा सदस्य बुढाले भने, ‘आगलागीबाट दुईवटा गाई गम्भीर घाइते र एक गोरु जलेको अवस्था भेटिएको छ ।’ गोठ जलेको विषयमा प्रहरीलाई जानकारी गराएको उनको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय