बागलुङको बडिगाबाट ४ थान भरुवा बन्दुक बरामद

बागलुङको बडिगाबाट ४ थान भरुवा बन्दुक बरामद

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा बेबारिसे अवस्थामा फेला परेका बन्दुक प्रहरीले बरामद गरेको छ ।

कार्तिक २१ गते मंगलबार स्थानीय केही व्यक्तिहरुको सुचनाको आधारमा बडिगाड गाउँपालिका वडा नं ८ रणसिंहकिटेनी स्थित गोरेटो बाटो नजिक मौरी भिरको ओडारमा बेबारिसे अवस्थामा ३ तीन नाल एक नाले भरुवा र १ एक नाल बाह्रबोर सहित ४ वटा बन्दुक फेला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मदन के.सीले जानकारी दिनुभयो ।

यसबारे थप अनुसन्धान हुँदै गरेको उहाँको भनाई छ । तस्बिर : सांकेतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय