डोजरले फालेको ढुंगाले लागेर गुल्मीमा बृद्धको मृत्यु

डोजरले फालेको ढुंगाले लागेर गुल्मीमा बृद्धको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हुमाकान्त पोखरेल : गुल्मी। दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ८२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १४ स्थित पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर बुधबार दिउँसो साढे १ बजे घटनास्थलमै सुनारको मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ बर्षिय कृष्ण बहादुर लामिछानेलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय