बागलुङमा लागुऔषध सम्बन्धी मुद्धाकी फरार प्रतिवादी पक्राउ

बागलुङमा लागुऔषध सम्बन्धी मुद्धाकी फरार प्रतिवादी पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सम्बन्धी मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बागलुङ जिल्ला अदालतको २०७२ असार १७ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा १ वर्ष २२ दिन कैद र ११ हजार ५ सय रुपैयाँ जरिवाना सजाय सुनुवाई भई फरार प्रतिवादी निशिखोला गाउँपालिका वडा न. ६ की ५३ वर्षीय रिता घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

घर्तीलाई निसी प्रहरी चौकीबाट खटिएको टोलीले चुसिबाङबाट पक्राउ गरेको हो । उनलाई लगत कट्टाका लागि बागलुङ जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय