बागलुङमा लागु औषध कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङमा लागु औषध कसुरका फरार प्रतिवादी पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी बागलुङको तमानखोला गाउँपालिका २ का ६७ वर्षीय चाउरे बि.क भनिने रत्न प्रसाद कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बोंगादोभानबाट खटिएको प्रहरी टोलीले उनलाई आईतबार पक्राउ गरेको हो ।

उनीविरुद्ध गुल्मी जिल्ला अदालतले लागु औषध कसुर मुद्दामा १ महिना कैद र ७ हजार जरिवाना ठहर गरेको थियो । मिति २०७९ असार २६ गते भएको फैसला लगत्तै उनी फरार थिए ।

उनलाई जिल्ला अदालत बागलुङ पठाईएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय