गलकोट नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचनामा डोजर चलायो

गलकोट नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचनामा डोजर चलायो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको गलकोट नगरपालिकाले सडकको मापदण्ड विपरित निर्माण भएका अवैध संरचनामा डोजर चलाएको छ ।

नगरपालिकाले हटिया, हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत राजाको पुलदेखि गौँदिखोला पुल सम्मको सडक मिचेर बनाईएका अवैध संरचनाहरु भत्काईएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

९ मिटर मापदण्ड रहेको उक्त सडकमा बनेका अबैध संरचनाहरु जनप्रतिनिधि, प्रहरी प्रशासन र स्थानीयको सहयोगमा अभियानलाई अगाडि बढाईएको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताउनुभयो ।

नगरपालिकाले यस अघि अवैध संरचना हटाउनको लागि आग्रह गर्दै ३५ दिने सार्वजनिक सुचना प्रकाशन गरेको थियो ।

दास्रो चरणमा नगर भित्र रहेका अन्य वडामा यो अभियानलाई सबैसँग समन्वय गरेर निरन्तर अगाडि बढाईने गलकोट नगरपालिकाले जनाएको छ । रेडियो गलकोट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय