ढोरपाटनमा ढुँगाले हानेर एक व्यक्तिको हत्या

ढोरपाटनमा ढुँगाले हानेर एक व्यक्तिको हत्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ढोरपाटन : बागलुङको ढोरपाटनमा ढुँगाले हानेर एक व्याक्तिको हत्या गरिएको छ । ढोरपाटन नगरपालिका ६ छ्यान्तुङका ५० बर्षिय सत बहादुर बि.क.को हत्या गरिएको अवस्थामा बारिमा शव फेला परेको थियो ।

शुक्रबार बिहान बारीमा सत बहादुरको शव देखेपछि स्थानीयले प्रह्रीलाई खवर गरेका थिए घटनामा सँलग्न रहेको आसंकामा प्रहरीले मृतकका भाई स्थानीय मन बहादुर बि.क लाई प्रकाउ गरि थप अनुसन्धानका निम्ती जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

मृततको टाउको र अनुहारमा चोट रहेको पाइएको हो ढुँगा प्रहार गरि हत्या गरिएको हुन सक्ने भएपनी थप अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई छ ।

टाउकोमा गम्भिर चोट देखिएका कारण ढुँगाले हानेर हत्या गरिएको हुन सक्ने स्थानीयको भनाई छ । बागलुङको पश्चिम क्षेत्रमा सामान्य मनमुटाव, झै–झगा जस्ता गतिविधीका कारण हत्याका घटना बद्दो क्रममा रहँदै आएको छ ।

तस्बिर सांकेतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय