जलहरी प्रकरणमा खुले नयाँ तथ्य: कुँदियो पूर्वराष्ट्रपति भण्डारी र ओलीसहित १३ जनाको नाम

जलहरी प्रकरणमा खुले नयाँ तथ्य: कुँदियो पूर्वराष्ट्रपति भण्डारी र ओलीसहित १३ जनाको नाम

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी ‌ओलीसँग निकट रहेका प्रेम राई प्रमुख आयुक्त रहेका बेला अख्तियार दुरुपयोग आयोगले ओलीकै पालामा भएको ठूलो सम्पत्ति हिनामिनाको उजुरीमाथि छानबिन अघि बढाएको छ।

राष्ट्र बैँकबाट ८० करोड रुपैयाँमा किनिएको १०३ किलो ७७३ ग्राम सुनमा करिब १० किलो हिनामिना भएको तथ्य महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरु, पूजारीहरु, प्रहरी, सुनचाँदी व्यवसायीका प्रतिनिधिसहितको रोहवरमा सुनको नापजाँच चलिरहेको छ। पशुपतिनाथ मन्दिरको रुद्रगारेश्वरमा जलहरीको नापजाँच चलिरहेको स्रोतले जानकारी दिएको छ।

जलहरी प्रकरणमा छानबिनका लागि अख्तियारको टोली जाने भएपछि आइतबार दिउँसोदेखि नै पशुपतिनाथ परिसरमा दर्शनार्थीहरु जान पाएका छैनन्। मन्दिर पूर्णत: खालि गराइएको छ।

नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको स्रोतले जानकारी दिएको छ। केपी ओली प्रधानमन्त्री रहेको बेला राखिएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसहित उनीहरु निकटका १३ जनाको नाम कुँदिएको पाइएको छ।

‘सय/२ सय वर्षमा पनि ननिकालिने जलहरीमा नाम कुँदेकाले उहाँले यससँगै अमर रहन खोज्नुभएको बुझियो,’ स्रोतले देशसञ्चारसँग भन्यो। राष्ट्रबैँकबाट किनिएको १०३ किलो ७७३ ग्राम सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो। उक्त जलहरीमा करिब १० किलो सुन भने कम पाइएको महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि यसको नापजाँच सुरु भएको हो।

अख्तियार टोलीमा सहसचिवको नेतृत्वमा तीन कर्मचारी छन् भने उनीहरुले नापतौल विभागका प्रतिनिधिहरु पनि लिएर गएका छन्। जलहरी विवादमा केपी ओलीसहित तत्कालीन पदाधिकारीहरुमाथि औँला उठेपछि प्रेम राई नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसको छानबिनमा अघि सरेको हो।

उक्त सुन खरिदमा ५० करोड रुपैयाँ पशुपति क्षेत्र विकास कोषबाट निकासा गरिएको थियो भने ३० करोड राज्यकोषबाट व्यहोरिएको थियो। बाहिरबाटै उक्त परिणाममा सुन किन्ने तयारी भए पनि शुद्धता र परिणाममा प्रश्न उठेपछि सरकारको आधिकारिक निकाय राष्ट्रबैँकबाटै सुन खरिद गर्ने निर्णय सरकारले गरेको हो। dessanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय