यस्तो छ बागलुङको नयाँ भाडा दर : कहाँको कति ?

यस्तो छ बागलुङको नयाँ भाडा दर : कहाँको कति ?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : सार्वजनिक यातायात भाडा निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जिपको भाडादर समायोजन गराएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले स्थान बिशेष तोकेरै भाडा कायम गराएको हो । पछिल्लो समय कच्ची सडक पक्की बनेको र इन्धनको भाडा घटेकोले बागलुङको ग्रामीण तहमा जाने आउने भाडा घटाउनुपर्ने माग उठेको थियो । समायोजन भएको भाडादर असार १ गतेदेखि लागू हुने बताइएको छ ।

बैठकमा यातायात व्यवसायी, जिल्ला प्रहरी, यातायात व्यवस्था कार्यालय, ट्राफिक, पूर्वाधार विकास कार्यालय, यातायात मजदुर व्यवसायी संघ र अन्य सरोकारवालाको सहभागिता रहेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिं थापाले बताए ।

‘अधिकांस स्थानमा पुग्ने भाडा दर थोरै भएपनि घटेको छ’ उनले भने, ‘सडकको अवस्था, इन्धनको मूल्य लगायतको अबस्था हेरेर बैज्ञानिक भाडादर कायम गरिएको छ ।’ बेला बेला हुने समायोजन अनुसारकै यो पटक भाडादर कायम गरिएको हो ।

तोकिएको भाडा दर अनुसार बागलुङदेखि अक्षेतेका लागि बसमा ७५ र जिपमा १ सय रुपैयाँ भाडादर तोकिएको छ । त्यस्तै घोडाबाँधेसम्मको बसमा २ सय ५५ र जिपमा ३५०, हटियासम्म ५७० र हरिचौरको ७ सय रुपैयाँ भाडा तोकिएको छ । बसको पनि भाडादर जिपभन्दा कम तोकिए पनि ग्रामीण क्षेत्रमा बस भने चल्दैनन् ।

बडिगाड गाउँपालिकाको कार्यालयसम्म पुगेको ८ सय, बुर्तिवाङ ९ सय ८०, निसीखोलाको पालिका रहेको जुग्जाखोला १ हजार १ सय ६० र तमानखोलाको पालिका रहेको बोङगादोभान पुगेको १ हजार १ सय ८० रुपैयाँ भाडा तोकिएको हो । ती स्थानबाट गाउँ गाउँमा पुग्नु पर्दा थप भाडा लाग्ने बताइएको छ । गलकोटहुँदै अर्गल पुगेको ७ सय र सिधै भएमा ४ सय रुपैयाँ भाडा तोकिएको हो । दक्षिण बागलुङको बरेङका लागि पनि ९ सय ७० रुपैयाँ भाडा तोकिएको छ ।

हाल मध्यपहाडी लोकमार्गको अधिकांस खण्ड कालोपत्रे भएको, बरेङ खण्ड पनि स्तरीय बनेको भएपनि भाडामा मनोमानी थियो । अहिले समायोजन भएको भाडा स्थानीयका लागि महंगो रहेको छ । पालिकाको केन्द्रबाट ग्रामीण बस्ती पुग्न अझै ३ सयदेखि ४ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । ढोरपाटन दैनिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय