बलात्कार मुद्धामा फरार रहेका बागलुङका बम पक्राउ

बलात्कार मुद्धामा फरार रहेका बागलुङका बम पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका-१ का ४० वर्षीय बम बहादुर रानालाई प्रहरी चौकी दोबिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

रानालाई जिल्ला अदालत बागलुङले २०७६ जेठ २१ गते जबरजस्ती करणी उद्योग सम्बन्धी कसूर मुद्दामा १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतले फैसला गरेपनि राना फरार थिए ।

कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय