गुल्मीमा वेपत्ता भनिएका रामु १३ वर्षीया बालिका लिएर टाप

गुल्मीमा वेपत्ता भनिएका रामु १३ वर्षीया बालिका लिएर टाप

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । बेपत्ता भनिएका गुल्मीका रामु बिक १३ वर्षीया बालिका लिएर टाप कसेको सूचना प्राप्त भएको छ ।

गत आइतबारदेखि गुल्मीको आँपचौर कफी बिकास कार्यालयको भवन बनाउने जिम्मा लिएका बिक त्यहीँबाटै वेपत्ता भएको खबर दुई दिन अगाडि प्रकाशित गरेका थियौं।

श्रोतका अनुसार उनले प्युठानकी १३ वर्षिया बालिकालाई लिएर सम्पर्कविहिन भएका हुन् । बिककी श्रीमती कमला सेन बिकले खोजतलासका लागि सञ्चारमाध्यमको साथ लिएकी थिइन् ।

तम्घासमा डेरा गरी श्रीमतिलाई राखेका बिकले बालिका लगेर सम्पर्क विहिन भएको खबरका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बालिका परिवारले आफू पनि फस्ने डरले घटनालाई गुपचुप राख्न खोजेको बताइएको छ । बिककी ३४ वर्षीया श्रीमतिबाट सन्तान नभएपछि परिवारकै जोडमा ती बालिकालाई बिबाह गराउने प्रयास भएको हुन सक्ने स्थानीयको भनाइछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय