बागलुङमा एक पुरुषले गरे आत्मदाहाको प्रयास

बागलुङमा एक पुरुषले गरे आत्मदाहाको प्रयास

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ बर्षिय शेरबहादुर जिसीले आँफैलाई जलाउने प्रयास गरेका हुन् ।

उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मादाहाको प्रयास गरेका जिसीलाई घाईते अबस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको धौलागिरी अस्पतालमा समान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाईएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताए ।

बुधबार विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय