निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर

निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध (गाँजा-चरेस) सम्बन्धी कसुर ठहर भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।

जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा–चरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय