बागलुङकी सरस्वती हराएको २४ दिनमा मृत भेटिईन

बागलुङकी सरस्वती हराएको २४ दिनमा मृत भेटिईन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गलकोट । गलकोट नगरपालिका वडा नं ३ हटियाको ठुलाखर्क रुख भन्ने स्थानमा बिहीबार बिहान करिब १० बजेको समयमा एक महिलाको शव फेला परेको छ ।

गलकोट नगरपालिका वडा नं ३ बोहोराफाँट निवासी ५६ वर्षिय सरस्वती कार्कीको ठुलाखर्क रुखको जंगलमा शब फेला परेको हो ।

गत साउन १६ गते देखि हराउनुभएकी कार्कीको बिहिबार जंगलमा बाटोबाट करिब १० मिटर तल सडेगलेको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी चौकी हटियाका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

कार्कीको श्रीमान डिल बहादुर अधिकारीले कार्कीले लगाएको लुगाबाट शवको पहिचान गरेको रेग्मीले बताए ।

बिहिबार बिहान गलकोट नगरपालिका वडा नं ३ समपोखराका स्थानिय अमित परियारले जंगलमा घाँस काट्न जाने क्रममा उक्त शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय