खोलाले बगाउँदै ल्याएका व्यक्तिको सकुशल उद्धार

खोलाले बगाउँदै ल्याएका व्यक्तिको सकुशल उद्धार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्सा : पर्सा जिल्लाको ठोरी गाँउपालिका-२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बिहीबार एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो ।

सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको सशस्त्रले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय