पोखरीमा डुबेकी छोरीलाई बचाउन गएका बाबुको पनि मृत्यु

पोखरीमा डुबेकी छोरीलाई बचाउन गएका बाबुको पनि मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो। चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय