काम नगर्ने, भनेको नमान्ने, कुरा काटेर हैरान बनाउने कर्मचारीहरुलाई विदा दिदैंछौँ: हर्क साम्पाङ

काम नगर्ने, भनेको नमान्ने, कुरा काटेर हैरान बनाउने कर्मचारीहरुलाई विदा दिदैंछौँ: हर्क साम्पाङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो।

स्वतन्त्र रूपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरुको चर्चा चुलिनु स्वाभाविक थियो। सामान्य साइकलमा हिँड्ने राईको जीवनयात्राले धेरै नेपालीको मन जित्यो।

अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ। दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्लान्? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन।

केही दिन पहिले राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका प्रमुख हर्क सम्पाङसँग भेटवार्ता गरेका थिए। सम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका थिए।

भेटका क्रममा लामिछानेले आफुले भेटेरै शुभकामना दिन आएको बताएका थिए। उनले जनताको धेरै अपेक्षा रहेको भन्दै साम्पाङलाई राम्रो गर्न आग्रह समेत गरे।

साम्पाङ स्वतन्त्र रुपमा धरानको प्रमुखमा निर्वाचित भएका हुन् भने लामिछानेले पनि केही समयअघि मात्रै पार्टी दर्ता गरेका हुन्।

यसैबिच, आज हर्क साम्पाङ्ले एक स्टाटस पोस्ट गरेका छन। उनी लेख्छन्, ‘तलव खुवाउँदा बेरुजु देखिने, काम नगर्ने, भनेको नमान्ने, कुरा काटेर हैरान बनाउने, Chain of Command नमान्ने कर्मचारीहरुलाई विदा दिदैंछौँ।’[][]

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय