तानसेन-रिडी सडक खण्ड बन्द हुने !

तानसेन-रिडी सडक खण्ड बन्द हुने !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । तानसेन रिडी खण्ड सडक बन्द हुने भएको छ । तानसेन रिडी सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले सडक बन्द गर्न लागिएको हो । सडक बन्द समयमा गुल्मी देखि जाने साना सवारी साधनले लुहुङ्ग-बतासेडाँडा भएर चल्न सक्नेछन् ।

शनिबार देखि सडक निर्माणको समय बिहान ४ः३० देखि ८ः३० बजेसम्म सडक बन्द रहने छ । भने बिहान ८ः३० देखि ११ बजेसम्म बाटो खुल्ला हुनेछ । बिहान ११ बजे देखि २ बजेसम्म बाटो बन्द हुने र दिउँसो २ बजे देखि ४ः३० बजेसम्म सडक खुल्ला हुनेछ ।

साथै साँझ ४ः३० देखि ८ः३० सम्म सडक बन्द हुनेछ । त्यस्तै रातीको ८ः३० देखि बिहान ४ः३० सम्म सडक खुल्ला रहने सडक निर्माण कार्य गरिरहेको प्रदिप साइन जे.भि काठमाडौंले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय