कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीमा २ जना पक्राउ !

कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीमा २ जना पक्राउ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादी रहेका छन् ।

चन्द्रकोट गाउँपालिका –७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी पुरुषत्तम पाण्डेले जानकारी दिए । भदौ २४ गते मादक पर्दाथ सेवन गरेर चन्द्रकोटको मजुवा बजार नजिकै उनलाई कुटपिट गरिएको बताईएको छ ।

कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार घरै बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटना बारे अदालत बाट म्याद थप गरी अनुसन्धान थालिएको छ । मृतक शिवबहादुर पुलामी र हत्याका आरोपीहरु नातागोता रहेको प्रहरीको प्राम्भिक अनुसन्धानमा खुलेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय