राष्ट्रिय परिचयपत्रमा गालिगलौजको भाषा प्रयोग गरिएको भन्दै गुल्मीका दलित समुदायको आपत्ति ।

राष्ट्रिय परिचयपत्रमा गालिगलौजको भाषा प्रयोग गरिएको भन्दै गुल्मीका दलित समुदायको आपत्ति ।

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फागुन ७ गुल्मी / सरकारले केहि दिन अघि बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै दालित समुदायले आपत्ती जनाएका छन् । त्यसलाई नसच्चाए राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने गुल्मीका दालित समुदायले चेतावानी दिएका छन ।

दलितहरुका दर्जनौ संगठन मिलेर बनेको दलित साझा मञ्च गुल्मीले आज विहिवार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावानी दिएको हो । दलित समुदायको आत्मासम्मानका लागि बर्षाैँअघि देखि गालीगलौजका रुपमा लिईने जातिय थर परिवर्तनका लागि बर्षाैंदेखि दलित समुदाय आन्दोलित छ साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले भने ।

लित नेता बिश्वकर्मा थपे ‘अहिले आएर सरकारले वितरण गर्ने राष्ट्रिय परिचय पत्र मै बिश्वकर्मालाई कामी, परियारलाई दमाई, नेपालीलाई सार्की , गन्धर्वलाई गाईने र वादी जस्ता शब्द राखेको पाईयो बिश्वकर्माले भने यसले दलित समुदायलाई राज्यले नै ठाडै गाली गरेको छ ।

२०५१ साल देखि बनेको सरकारले मन्त्रीपरिषदको निर्णय अनुसार दलित समुदायहरुले आफ्नो जाति सुचक सुचक शब्द लेखाउँदा अपमान भएको महशुस गरेको खण्डमा आफ्नो थर गोत्रा अनुसार नागरिकता बनाउन सक्ने छन भनि जिल्ला प्रशासनलाई परिपत्र गरि सकेको छ ।

सोही अनुरुप नागरिकता पनि बन्दै आएका छन तर अहिले राष्ट्रिय परिचयपत्र र जनगणना लगायतका लगायतका बिशेष विवरणमा उल्लेख गर्दा भने त्यही अपमानजनक र गालीगलौज गर्दा समेत प्रयोग हुने कामी दमाई सार्की गाईने वादी जस्ता शब्दवली लेखाउन राज्यको तर्फबाट नै बाध्य पारिएको प्रति आम गुल्मीले दलित समुदायहरुको गम्भीर ध्यान आकर्षण भएको छ ’– प्रेस विज्ञप्तीमा भनिएको छ ।

यसर्थ दलित समुदायलाई प्रयोग गनिे त्यस्ता अपमानजन शब्दहरुको सट्टा ससम्मान प्रयोग हुँदै आएका बिश्वकर्मा , परियार , नेपाली र गन्धर्व शब्द राष्ट्रिय परिचय पत्रको बिबरणमा राखिनु पर्ने दलित साझा मञ्च गुल्मीले माग गरेको छ । नेपाल सरकार र सरोकारवाला सबै निकायको यस प्रति ध्यान जाओस भन्दै यदि त्यसो नगरिए राष्ट्रिय परिचय पत्र र जनगणना २०७८ कार्यक्रम समेत दलित समुदायले बहिस्कार गर्ने दलित साझामञ्च गुल्मीले चेतावानी दिएको छ । बिज्ञप्तीमा गुल्मीका दलित समुदायका दर्जनौ संघ संस्थाले हस्ताक्षर गरेका छन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय