३ हजार तिर्दा २ घन्टामा पिसिआर रिपोर्ट

३ हजार तिर्दा २ घन्टामा पिसिआर रिपोर्ट

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवन मेडिकल कलेजले आज (आईतबार) देखि कोरोनाको पिसिआर परीक्षण नतिजा दुई घण्टामा नै दिन थालेको छ। तर दुई घन्टामा नै कोरोन रिपोर्ट लिन भने ३००० तिर्नु पर्ने छ। कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण गर्न सुरु गरेको हो भने गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको जसमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेको कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले बताएका छन्। हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् भने सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । यस्तै,अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय