फेरि भारत नै लगियो नेपाल ल्याईएका रेल,अब नेपाल आउने हो टुंगो छैन

फेरि भारत नै लगियो नेपाल ल्याईएका रेल,अब नेपाल आउने हो टुंगो छैन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

शुक्रबार भारतबाट नेपालको जनकपुरसम्म भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले २ ओटा रेल ल्याएर आएका थिए। तर शनिबार दुई ओटै रेल लिएर कर्पोरेसनका कर्मचारीहरू भारत फर्किएका छन्। रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाका अनुसार कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दिउसो २ बजे रेल भारत लिएर गएका हुन। साथै अब भने ति रेल जयनगरको स्टेशनमा राखिनेछ। शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए र नेपाललाई रेल हस्तान्तरण गर्न कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए।

बिशेष गरिकन नेपालमा रेल चलाउने कानुन र कर्मचारी नभएर रेल भारत नै लगिएको हो र इन्जिनियर विनोद ओझा भन्छन ‘यतातिर लिक पनि मेन्टिनेन्स गर्नु पर्नेछ, अब दुई महिनाभित्र फेरि रेल नेपाल आउँछ कि। ‘ रेल्वे विभागले भदौ २९ गते रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको थियो। अब कहिले सम्म रेल चलाउने कर्मचारी भेटिने हुन ? कहिले सम्म रेलको लिक मेण्टेनेन्स हुने हो ? कहिले देखि नियमित रुपमा रेल चल्न सुरु गर्ने हो केहि टुंगो भने छैन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय