पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा बुधबार बिहान को२२प २९४४ नम्बरको मोटर साईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डे रहेको सिराहा प्रहरीले बताएको छ। खोटाङको हौचुरे गाउँपालिका–५ मा घर भएका पाण्डे हाल सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित बसोबास गर्दै आएका थिए। बाईक अनियन्त्रित भै दुर्घटना भएको र दुर्घटनामा परि गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ।
नेपाली सेनाका जमदारको मोटरसाईकल दु*र्घटनामा मृ*त्यु
नेपाली सेनाका जमदारको मोटरसाईकल दु*र्घटनामा मृ*त्यु





