निशीखोला जगंलमा भेटिएका नवजात शिशुका आमा बाबुको सम्बन्ध कसरी रह्यो ?(भिडियो सहित)

निशीखोला जगंलमा भेटिएका नवजात शिशुका आमा बाबुको सम्बन्ध कसरी रह्यो ?(भिडियो सहित)

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ । गत असार १३ गते निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दीको जंगलमा बे`वारिसे अवस्थामा फेला परेका नवजात शिशुको आमालाई प्रहरीले प*क्राउ गर्यो । उनीसगैं लामो समयदेखि अ*वैध सम्बन्धमा रहेका सोही ठाउँका एक युवालाई पनि सगैं प*क्राउ गरिएको छ ।

प्रहरीले निसीखोला गाउँपालिका वडा नम्बर–२ की १७ वर्षीया युवतिलाई सोमबार राति प*क्राउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमु्ख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । युवतिसँगै वडा नम्बर १ का १९ वर्षीय दिपेन्द्र विकलाई प*क्राउ गरेको भण्डारीको भनाई छ । उनीहरुको पहिले देखिनै सम्बन्ध रहँदै आएको पाइएको छ ।

कसरी भयो सम्बन्ध ?

एउटै वडाका उनीहरु दुई जनाबीच लामो समय देखि सम्बन्ध रहँदै आएको बताईएको छ । केटी मावल जाँदा दिपेन्द्र संग चिनजान भएको र दिपेन्द्र भलिबल खेलाडी भएकोले केटीको घरतिर खेल्न आईरहँदा दुबैमा प्रेम गाढा हुँदै गएपछी आपसमा ल`सपस भएको उनिहरुले बताएको खुलेको छ । समाचार श्रोतका अनुसार ग*र्भरहे पश्चात बिनाले दिपेन्द्रलाई बिबाह गर्न दबाब दिँदै आएकी थिईन् । दिपेन्द्रले बिबाह गर्छु भन्दै फकाउदै आएका थिए ।

त्यत्तिकैमा २०७७ जेठ १२ गते बिहान ७ बजे बिनाले आफ्नो घर नजिकैको गोठमा छोरालाई जन्म दिईन् । उनकी आमाले बिनालाई दिपेन्द्रलाई फोन गरेर बोलाउन लगाईन् । दिपेन्द्र १० बजे बिनाको घरमा आए । बिनाकी आमाले दिपेन्द्रलाई छोरी र शिशुलाई लैजान भनिन् । दिपेन्द्रले घरमा मेरी अर्की श्रीमती छ, बिनालाई लैजान्न तर छोरा भने लैजान्छु भने । उनिहरुमा बि*बाद भयो । त्यो दिन बि*बाद मै बित्यो । त्यस्को भोलि पल्ट असार १३ गते पनि दुबेमा समझदारी बनेन् । भैँसीको दुध खुवाएर भएपनि पाल्छु भन्दै दिपेन्द्रले नवजात शिशुलाई लिएर दिउसो साढे १ बजे त्यहाँ बाट निस्किए ।

त्यसपछि केटीपक्षले बारम्बार उनलाई फाने गरेर बच्चाको वारेमा बुझे । उनले बच्चालाई दुध खुवाएर पालेको छु भन्दै आए । र बच्चालाई सोही दिननै उनले झाडीमा फालेको बताईएको छ । नवजात शिशु रोएको सुनेपछी स्थानीय एक महिलाले शिशुलाई कसले फ्याँके होला भन्दै घरमा लगेर गईन् । शिशुलाई दुध खुवाउने तेल लगाउने काम भयो । गाउँमा हो हल्ला भयो । यस्को सूचना स्थानीय प्रहरीलाई दिइयो । तत्पश्चात ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा आएको टोलीले शिशुलाई लिएर बुर्तिवाङ आएका हो ।

प्रहरीले अभियुक्तहरुसंग घ*टना बारे सोधपुछ गरिरहेको बताएको छ । भैँसीको दुध खुवाएर भएनि पाल्छु भनेर छोरालाई लिएर हिँडेका दिपेन्द्रले छोरालाई बे*बारिसे अवस्थामा फ्याँकेर छोड्नुको कारण बारे प्रहरीले सोधपुछ गरिरहेको बताईएको छ । आमा बिनालाई छोराप्रति मायाँ जागेर आएको छ । छोरालाई मैले पाउछु कि पाउँदिन भन्ने अमालाई चिन्ता छ । अहिले उनमा ममत्व पलाएको छ । नवजात शिशुको अहिले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । अ*वैध सम्बन्धबाट जन्मिएको बच्चालाई जंगलमा फलेर गुपचुप पार्न खोजेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । युवति र युवालाई आज जिल्ला पठाइने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घ*टनाको बारेमा अ*नुस*न्धान भइरहेको प्रहरीको भनाई छ ।

भिडियो ‘Badigad Online’ युट्युब च्यानलमा छ |

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय