नीता आचार्यको आवाजमा “ताते गर्दै “सार्वजनिक

नीता आचार्यको आवाजमा “ताते गर्दै “सार्वजनिक

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गायिका निता आचार्यको आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक गरिएको छ । गायिका आचार्यको उक्त गीत काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

उक्त गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुष्कर शाहको शब्दमा रहेको यस गीतमा शिशिर योगीले संगीत भरेका छन् ।

गीतमा रहेको काठमाडौं र मकवानपुरको सुन्दर दृश्यहरू प्रताप सिंहले कैद गरेका छन् भने गीतको निर्देशन भने किरण श्रेष्ठको रहेको छ ।

गायिका आचार्य विगत ३० वर्षदेखि अमेरिकालाई कर्मथलो बनाएर पनि नेपाली गीतसंगीत क्षेत्रमा निरंतरता दिँदै आफ्नो सांगीतिक यात्रामा अनवरत रूपमा लागीरहेकी छन् । उनका अन्य दर्जनौँ गीतले यसअघि पनि नेपाली गीत–संगीत क्षेत्रमा राम्रो छाप छोडी सकेको र आम नेपाली दर्शक स्रोताको माया बटुलिसकेका छ्न् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय