एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्

एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्।

शनिबार फेसबुकमार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउने त्यसका लागि इतिहासको ब्याजमा नभई भविष्यको लगानीमा ध्यान दिनुपर्ने बताएका हुन्।

‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,’ उनले भनेका छन्।

‍पाण्डेले पहिलो काम विज्ञतामा आधारित राजनीति गर्नुपर्ने बताए।

‘अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ,’ उनले भनेका छन्।

दोस्रो, डिजिटल मेरिटोक्रेसी।

नेता पाण्डेले व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।

‘त्यसका लागि आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्,’ उनले भनेका छन्।

तेस्रो, संरचित पुस्तान्तरण।

पाण्डेले पार्टीभित्र को-लिडरसिप र मेन्टरसिपको मोडेल सुरू गर्नुपर्ने पनि बताएका छन्।

‘नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को-लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ,’ उनले भनेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय