रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै एक ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् । उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए ।

बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो । खड्काले ड्युटीकै क्रममा रास्वपाको अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए । प्रहरी ऐन २०१२ ले प्रहरी कर्मचारीलाई राजनीतिक तथा व्यापारिक गतिविधिमा सहभागी हुने छूट दिएको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय