निजामती विधेयक अन्तिममा पढ्न माग्दा सभापतिले दिनु भएन : हितराज पाण्डे

निजामती विधेयक अन्तिममा पढ्न माग्दा सभापतिले दिनु भएन : हितराज पाण्डे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् । आज (बुधबार) को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभइ षड्यन्त्र भएको बताए । उनले देशलाई सपार्ने हो भने आफ्नो नभइ नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए। नजानेर त्रुटी भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताए । प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिइएको भन्दै आपत्ति जनाएका छन् । नैतिकता भन्ने कुरा आफैले बुझ्ने कुरा भएको भन्दै उनले छानबिन सभापतिसहित सबैलाई गर्नुपर्ने बताए।

‘नैतिकताको कुरा आफैले जान्ने हो । सभापति, सचिवले नैतिकताको कुरा आफैले देखाउने हो,’ उनले थपे, ‘छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ । संसदलाई हेपियो यो सही भएन ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय