चितवनमा बस र इभी माइक्रो ठाेक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र इभी माइक्रो ठाेक्किदा सात जनाको मृत्यु, १८ घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवनमा बस र इभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।

पुर्वपश्चिम राजमार्गको खहरेपु स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ

दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मकवानपुर-३ का सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा- ५ का मैंया कुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुषको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा लगेपनि मृत्यु भएको हो। केही घाइतेलाई एलाईभ अस्पताल भरतपुरमा लगिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय