ललितपुरका यी क्षेत्रमा दुई महिनासम्म प्रदर्शन तथा जुलुस गर्न नपाइने

ललितपुरका यी क्षेत्रमा दुई महिनासम्म प्रदर्शन तथा जुलुस गर्न नपाइने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा दुई महिनासम्म प्रदर्शन तथा जुलुस गर्न नपाइने भएको छ ।

चैत ४ गतेबाट लागु हुने गरी दुई महिनासम्म पाँच जनाभन्दा धेरै मानिस भेला भएर धर्ना र अनसन लगायतका विरोध कार्यक्रम गर्न निषेध गर्ने आदेश गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।

पुल्चोक स्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र आसपासको क्षेत्र र भैँसेपाटी स्थित नयाँ मन्त्री निवासको आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा (३) क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सो आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

स्थानीय प्रशासनले सो क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम नगर्न भनेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय