को बन्लान् यस वर्ष महामूर्ख ?

को बन्लान् यस वर्ष महामूर्ख ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कसैलाई मूर्ख, महामूर्ख भन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजक समक्ष गर्ने गरिएको छ ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।

होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।

मिथिला ना्यय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय