देश बचाउन राजतन्त्रको विकल्प छैन : दुर्गा प्रसाईं

देश बचाउन राजतन्त्रको विकल्प छैन : दुर्गा प्रसाईं

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बचाउनका लागि राजतन्त्र फर्काउनुको विकल्प नरहेको बताएका छन् । शुक्रवार आफ्नै निजी निवास भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रसाईंले नेताहरूका घुँडा भाँच्नुका साथै गाउँगाउँबाट लखेट्नुपर्ने समेत बताए ।

‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, ‘अब नेताको घुँडा भाँच्नुपर्छ । गाउँगाउँ र सहर सहरबाट लखेट्नुपर्छ,’उनले भने ।

अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको चर्चा गर्दै उनले राजाले जसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न आग्रह समेत गरे ।

नेताहरूको छातीमाथि कुल्चेर राजा आउने प्रसाईंको भनाई थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय