सुरक्षित कारोबारसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

सुरक्षित कारोबारसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय