प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमा नै कुटाकुट

प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमा नै कुटाकुट

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धनुषाको एउटा विद्यालयका प्रधानाध्यापक र राहत शिक्षकबीच पेश्की रकम विवादमा कुटाकुट भएको छ।

कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच पेश्की रकम माग बमोजिम दिने र लिने काम नहुँदा विवाद चर्किएपछि हात हालाहालमा पुगेको थियो।

रोहितले पेश्की रकम ५० हजार माग गरेका थिए तर प्रधानाध्यापकले २५ हजार मात्र दिने भएपछि विवाद भएको थियो।

उक्त विवाद र कुटाकुटका कारण विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय