बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना हुनै फैसला गरेको छ ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई सो सजाय तोकेका हुन् । पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए । माघ १० मा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय