दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा

 दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

आज (बिहीबार) थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईसहित तीन जनाविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो । प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय