ने.वि.संघ शेखर समुहले गर्यो तनहुमा जिल्ला अध्यक्ष घोषणा

ने.वि.संघ शेखर समुहले गर्यो तनहुमा जिल्ला अध्यक्ष घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 नेपाली कांग्रेस शेखर कोइराला समूहका नेविसंघ नेताहरुले तनहुँमा समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

उनीहरुले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त क्याम्पसमा भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका हुन् ।

यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए ।

अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी सहित नेताहरु तनहुँ पुगेर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय