बीआरआई सम्झौताबारे नबुझी टिप्पणी नगरौं : परराष्ट्रमन्त्री राणा

बीआरआई सम्झौताबारे नबुझी टिप्पणी नगरौं : परराष्ट्रमन्त्री राणा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरिएको बताइन् । उनले ऋण लिने-दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको बताइन् ।

उनले नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको स्पष्ट पारिन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारे मात्रै नेपालको चासो भएको बताइन् । बीआरआई सम्झौता आफै विकास सहायता भएको उनको भनाई थियो । नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन् ।

पष्ट्रमन्त्री राणा शनिबार दिउँसो नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन् । अन्तर्राष्ट्रिय अदालतको कार्यालय नेदरल्याण्ड्सको हेगमा छ । सो अदालत गत सोमबार (डिसेम्बर २) देखि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइ सुनुवाइ जारी छ ।

जलवायु परिवर्तनमा राज्यको भूमिका के हुने भन्ने विषयमा विश्वका १०० देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन् । परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात् सोमबार दिउँसो ३ देखि ४ बजे (हेगको समय) सम्म अदालत समक्ष नेपालको तर्फबाट मौखिक धारणा राख्ने कार्यक्रम छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय